लागू औषध नियन्त्रणमा प्रहरी निर्मम भएर लाग्ने कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले बताएका छन् ।
उनले लागु औषध नियन्त्रणमा प्रहरीले विशेष अपरेसन शुरु गरेको बताउंदै नियन्त्रणकालागि नागरिकले पनि प्रहरीलाई सहयोग पु¥याउने पर्ने बताएका छन् ।

आज झापाको बिर्तामोडमा बिभिन्न संघ संस्थाद्धरा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक कार्कीले कोशी प्रदेशका सोलुखुम्बु बाहेकका जिल्लामा लागू औषध प्रयोेगकर्ताको अवस्था भयावह रहेको बताएका हुन् ।
झापा , मोरङ , सुनसरी सहितका तराईका जिल्लामा लागू औषधको अधिक कारोवार हुने गरेको र त्यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने हुँदा घरिवार र समुदायसंगको साझेदारीमा लागू औषध नियन्त्रणका लागि प्रहरीको विशेष टोली परिचालन गरिने बताए ।

_1736908732.jpg)
जिल्ला प्रहरी कार्यालय झापासहितका प्रहरी कार्यालय निरीक्षणका लागि आएका कार्कीले बिर्तामोडका उद्योगी व्यवसायीसंग समेत यस विषयमा सुझाव लिएका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी प्रशान्त , बिर्तामोड साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोला, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिव पौडेल, इलाका प्रहरी कार्यालय अनारमनी भवन निर्माण समतिका अध्यक्ष देवी गिरी, लगायतले बिर्तामोड सहित पूर्वको समस्याका विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।
