सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले कृषकलाई सिंचाईका लागि मोटर र मकै छोड्याउने मेसिन बितरण गरेको छ । नगरले आज सोमबार नगरपालिका परिसरमा एक कार्यक्रमका बिच कृषकलाई मोटर र छोड्याउने मेसिन बितरण गरेको हो । नगर अन्तरगत वडामार्फत उक्त कृषि सामाग्री वितरण गरिएको हो ।

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि उपकरणहरु वितरण गरेका थिए । कृषकलाई ५० प्रतिशत अनुदानमा सिंचाईका लागि मोटर र मकै छोड्याउने मेसिन बितरण गरिएको कृषि शाखा प्रमुख समिता सोतीले जानकारी दिइन् ।
नगरमा माग भएको मोटर ७६ वटा र मकै छोड्याउने मेसिन ७२ वटा अन्तरगत उक्त उपकरण बितरण गरिएको कृषि शाखा प्रमुख समिता सोतीले बताइन् ।

_1736908732.jpg)
कृषी सामाग्री वितरण कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई–१ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदी, कनकाई–६ का वडाध्यक्ष लक्ष्मी ओली, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख सोतीले गरेकी थिइन् ।
