बिर्तामोड । झापामा फेरी एउटा जंगली हात्ती मृत फेला परेको छ । कमल गाँउपालिका–३ रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा गएराति करेन्ट लागेर एउटा जङ्गली हात्ती मरेको हो ।
हात्तीले बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेनसन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा हात्तीको सुंड र एउटा दारा जलेको छ । करेन्ट लागेर घटनास्थलमै हात्ती मरेको प्रहरीले जनाएको छ ।