विर्तामोड । 

झापाको बिर्तामोड वडा नम्बर ४ मा मुख्य  कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई सोही संस्थाका ऋण सदस्यले ज्यान मार्ने धम्की दिएका छन् । 

ज्यान मार्ने धम्की दिएको भन्दै सहकारीले खेद प्रकट गरेको छ। 

झापा साविक बुधबारे ६ हाल विर्तामोड नगरपालिका वडा नम्बर १ मा बस्दै आएका खगेन्द्र क्षेत्री बस्नेतले बिहीबार बिहान फोन गरी कार्यकारी प्रमुख पौडेललाई घरमै आएर ज्यान मार्ने धम्की दिएका हुन्। 

 शुक्रबार आज संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख ऋण लगेको र सो सावाँको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैया ऋण पुगेको र सो को ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भिमबहादुर पौडेल घरमा जाँदा कत्ति निकालेर धाकधम्की दिए पछि संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले धम्क्याएको संस्थाका अध्यक्ष किशोर भट्टराईको  भनाई छ।

 पौडेल र क्षेत्रीविच भएको अडियो संवादमा क्षेत्रीले ुपर्खी तँलाई घर मै आएर छप्क्याउँछुु भनेको सुनिन्छ ।

ऋण असुलीका लागि संस्थाले पत्राचार गरेपछि कार्यकारी प्रमुख कृष्ण पौडेललाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ती हान्ने सम्मको धम्की दिएको घटना अत्यन्त निन्दनीय र भर्त्सनायोग्य छ। संस्थागत व्यवहार संस्थागत रुपमा छलफल हुनुपर्नेमा कर्मचारीलाई धाकधम्की दिने कुराले कानुनको समेत बर्खिलाप गरेको संस्थाले विज्ञप्तीमा उल्लेख गरेको छ।  

 साथै, संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाका निमित्तसमेत स्थानीय प्रशासन समक्ष संस्थाले माग गरेको छ। 

कोअपरेटिभ मेनेजर्स क्लबका झापा सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने प्रहार सैह्य नहुने बताए । यस्ता घटनालाई प्रशासनले गम्भीरताका साथ अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने उनले माग गरेका छन् ।