झापाको बिर्तामोड ५ मा रहेको न्युटन्स एजुकेसन एकाडेमीले आज दोस्रो दिन पनि अभिभावक तथा शिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ।   

हिजो व्यवहारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आज दोस्रो दिन पनि भएको हो। हिजो बिहिबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीका अभिभावक र आज कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीका अभिभावकलाई प्रशिक्षण दिइएको हो। 

FB_IMG_1749220193571

को कार्यक्रमको बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए कार्यक्रममा बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेलले शुभकामना मन्तव्य राखेका थिए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । 

अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरूमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वासका साथ कार्यक्रमको थालनी गरिएको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईको भनाई छ।