उर्लाबारी ।
झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मंगलवारे सेवा केन्द्रले दुई लाख रुपैयाँ ऋण मिनाहा गरेको छ । मंगलबारे सेवा केन्द्रले आज ९शनिवार० संस्थामा कारोवार गर्दै आएकी सदस्यको ऋण मिनाहा गरेको हो ।

मंगलबारे सेवामा कारोवार गर्दै आएकी उर्लावारी नगरपालिका–२ डुम्रे स्थित शान्ति सहारा महिला समुहकी शेयर सदस्य विमला राईको श्रीमान मनिराम राईको गत चैत २० गते असामायीक निधन भएको थियो ।
संस्थाको कर्जा सुरक्षण नियम अन्तर्गत सदस्य विमला राईको यस संस्थामा रहेको कर्जा रकम २ लाख रुपैयाँ सेवा केन्द्रले मिनाहा गरेको हो ।

_1736908732.jpg)
सहयोग समिति सदस्यहरू रामप्रसाद भण्डारी, शालीगराम ढकाल, ईन्द्रकुमार शेर्पा,हिरालाल गिरी, गोमा भट्टराई, समूह सदस्य सेवा केन्द्रका कर्मचारीको उपस्थितिमा क्षतिपूर्ति रकम वितरण गरिएको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिएका छन् ।
