हल्दीबारी । झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ५ अन्तरगतका बिभिन्न सडकको एकै साथ शिलान्यस गरिएको छ ।
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आज (शनिवार) उक्त सडकको शिलान्यास गरेका छन् । उक्त सडकमा योजना अन्तरर्गत पेवर्स लगाइनेछ

लिङ्देनले सातघरे दक्षिण विश्रामघाट सडक, वडा नम्बर ५ को कार्यालय जाने सडक र कन्चनश्री बजार क्षेत्रको पेवर्स जडान योजनाको शिलान्यास गरेका हुन् ।
हल्दीबारी गाउँपालिकाको बजेटबाट सम्पन्न हुने तीन वटा योजनाको संयुक्त रुपमा उद्घाटन गरिएको हो । हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले उक्त आयोजनाका बिषयमा प्रकाश पारेका थिए ।

_1736908732.jpg)
उनले सातघरे दक्षिण विश्रामघाट सडक २२५ मिटर प्लमसहित ३७ लाख ८४ हजार ५७०, वडा नम्बर ५ को कार्यालय जाने सडक ३३५ मिटर प्लमसहित ५८ लाख ७ हजार ९२० रुपैयाँ र कन्चनश्री बजार क्षेत्र व्यवस्थापन १० लाख ८४ हजार ७ रुपैयाँ गरेर जम्मा एक करोड ८ लाख ३५ हजार ३८६ रुपैयाँ ५५ पैसामा ठेक्का सम्झौता भएको बताए ।
उनका अनुसार बजेटको स्रोत हल्दीबारी गाउँपालिका रहने गरी शिव शिवालय कन्स्ट्रसन प्रालि बिर्तामोड–४ लाई आगामी माघ २९ गतेसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले हल्दीबारीमा हुने विकास योजनाहरुको अनुगमन गरिदै आएको र आगामी दिनमा पनि गर्ने र उक्र योजनाहरु समयमै सक्ने पहलकाका लागि प्रतिवद्धतासमेत जनाए ।

स्वागत हल्दीबारी–५ का वडाध्यक्ष खड्क लावतीले गरेको कार्यक्रममा प्रमुख अतिथि लिङ्दनेले हल्दीबारी गाउँपालिकाले भौतिक निर्माण कार्यलाई तीब्रता दिदै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई आफु सकेको सहयोगका लागि पहल गर्ने बताए ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, हल्दीबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पालिकाकी कर्मचारी देवीका अधिकारीले गरेकी थिइन् ।