झापा

 नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघ आन्दोलित भएका छन् । 

 सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी सुनचाँदी तथा हिरा, जवाहतरात र हस्तकलाका सामग्रीमा चर्काे कर वृद्धि गरेको , मूल्य अविृद्धि कर तत्काल पुर्नविचार

गरी खारेज गरिनु पर्ने, सुनचाँदीको कारोवारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न चाँडो भन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनु पर्ने भन्दै व्यवसायी आन्दोलित बनेका हुन् ।

झापाको बिर्तामोडस्थित नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका हुन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष रुपदल विश्वकर्मा ‘राजु’ले सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज हुनु पर्ने, हिरा – जवाहरात जडित जहनामा लागू गरिएको बताए ।

छिमेकी मुलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिने पर्ने महासंघको माग रहेको छ ।

विश्व वजारको मान्यता अनुसार गुणस्तर प्रमाणीकरणको लागि अन्तराष्ट्रिय मान्यता प्राप्त ल्याव स्थापना गरिनु पर्ने महासंघको माग छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ झापाका अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघका सल्लाहकार वलराम कार्की , केन्द्रीय सदस्य राजकुमार गुप्ता लागायतको आतिथ्य रहेको थियो ।