झापाका सुनचाँदी व्यवसायी आज पनि सुन पसल बन्द गरेर आन्दोलनमा होमिएका छन् । सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज गर्नुपर्ने मागसहित उनीहरुले आज हातमा कालो पट्टि बाँधेर बिरोध ¥याली निकालेका हुन् । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरुपमा आन्दोलन गरेका हुन् ।

आन्दोलनअन्तर्गत आज सुन मार्केटबाट कृषि थोक हुंदैं इलाम स्टेण्ड , भद्रपुर रोड प्रदर्शन गरी मुक्ति चोकमा  पुगेर कोणसभा गरिएको थियो । 

WhatsApp Image 2025-06-13 at 03.01.56 (1)

सरकारले सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज नगरेसम्म आन्दोलन नरोकिने नेपाल सुनचाँदी व्यवसायी महासंघ झापाका कोषाध्यक्ष अभिषेक गहतराजले चेतावनी दिए ।

सरकारको यो नीतिले आफूहरुको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ झापाका अध्यक्ष रमेश बिश्वकर्माले बताए ।

व्यवसायीले बिहीबार पनि पसल बन्द गरेर आन्दोलन गरेका थिए । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय झापामा   प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका थिए ।

अहिले सरकारले सुनमा दुई प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ ।

व्यवसायीले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति, नियमावली र निर्देशिका निर्माण गर्न माग गरेका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको आन्दोलित व्यवसायीको भनाइ छ ।