झापाको भद्रपुरमा आज विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको छ ।  भद्रपुर वडा प्रहरी कार्यालय , सामुदायिक सेवा केन्द्र भद्रपुर, सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुर र चन्द्रगढी युथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राविधिक सहयोगमा वडा प्रहरी कार्यालयको प्राङ्गणमा आज रक्तदान कार्यक्रम गरिएको हो । 

प्रहरी कर्मचारी सहित अन्य गरी ४३ जनाले रक्तदान गरेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख ( इन्चार्ज)  प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिए । 

 रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महतले ८१ औं पटक रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेको बताइएको छ ।