भन्सार छलीका १३ थान आइफोनसहित झापा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बंगाल  बस्ने अन्दाजी बर्ष ६५ को नुर आलम छन् । 

हिजो २९ गते दिउंसो  १५ः३० बजेको समयमा जिल्ला झापा मेचीनगर नगरपालिका १२ स्थित धुलाबारी बस स्ट्याण्डबाट  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको सादा पोशाक सहितको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो । 

धुलाबारीबाट ईटहरी जाने बसमा चढ्न लागेको अवस्थामा आलमले भन्सार छली ल्याई झोलामा बोकेको  १३ थान मोबाईलहरु करीब  ५ लाख ४० हजार  बराबरको बरामद गरीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आवश्यक कारवाहिको लागि नियन्त्रणमा रहेका आलम र बरामद मोबाइल सहित मेचि भन्सार कार्यालय काकडभिट्टा मा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीले निम्न मोवाइल फोन बरामद गरेको जनाएको छ । 

Iphone 13 Pro Max – थान १ 
२. Iphone 12 Pro  – थान २
३. Iphone 12  – थान ३
४. Iphone 11 – थान ६
५. Iphone XR – थान १