झापा
झापा बिर्तामोडकी एक महिलालाई कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ । बिर्तामोड–५ की ५२ वर्षीया एक महिलालाई कोरोना भाइरसको नयाँ भेरिएन्ट पोजिटिभ देखिएको बताइएको छ ।

बिहिबार हिजो बिर्तामोड स्थित पुर्ण टुंङ्ग बिर्तासिटी अस्पतालमा परीक्षण गराउँदा ती महिलाको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । ती संक्रमित महिला घरमै आइसोलेसनमा बसिरहेकी छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। ती महिलालाई कसरी सर्यो भनेर खुल्न सकेको छैन ।
यो खबर प्रतिदिन दैनिकको अनलाइन संस्करणबाट साभार गरिएको हो ।