बिर्तामोड  

झापाको बिर्तामोड २ स्थित रामचोकमा रहेको निदि मा.विले   स्कुल क्याप्टेन र भाइस क्याप्टेनको छनोट निर्वाचन मार्फत गरेको छ । विद्यालयले आज परिसरमा एक कार्यक्रमकाबिच निर्वाचन प्रक्रिया मार्फत चार सदनका प्रमुख , उप प्रमुख  र स्कुल क्याप्टेन र साहयक क्याप्टेन  छनोट गरेको हो ।

आज भएको निर्वाचनबाट रिदिमा थापा स्कुल क्याप्टेनमा बिजयी भएकी छन् । उनले कार चुनावमा ३३१ मत प्राप्त गरी बिजयी भएकी हुन् । त्यस्तै स्कुल भाईस क्याप्टेनमा नमस्ते चुनाव चिन्हबाट हन्सिका चौधरी २९३ मत ल्याउंदै बिजयी भएकी छन् ।  

त्यस्तै रेड हाउसबाट क्याप्टेन आसिफ आलाम ५३ र भाईस क्याप्टेनमा अन्सु लिम्बु ४० मत ल्याउंदै बिजयी भएका छन् । त्यस्तै ब्लु हाउसबाट क्याप्टेनमा जीवन बांस्कोटा ८१ मत र भाईस क्याप्टेनमा आयुष हजाम ५९ मत ल्याउंदै बिजयी भएका छन् । त्यस्तै ग्रिन

हाउसबाट क्याप्टेनमा सृजेश शिवाकोटी ३६ र भाईस क्याप्टेनमा सम्पदा मैनाली ४० मत ल्याउंदै बिजयी भएका छन् ।

WhatsApp Image 2025-06-13 at 04.30.38

त्यस्तै यल्लो हाउसबाट क्याप्टेनमा विकेश राजवंशी ३७ मत र भाईस क्याप्टेनमा अनुजा कडरिया ७८ मत ल्याउंदै बिजयी भएका छन् । कुल मतदाता सङ्ख्या ६४५ जना रहेकोमा ५३१ मत खसेको अर्थात ८२ . ३३ प्रतिशत मत खसेको निर्वाचन आयुक्त तथा शिक्षक सरोज घिमिरेले जानकारी दिए ।  

कक्षा ४ देखि कक्षा १० सम्मको निर्वाचन मार्फत क्याप्टेन छनोट गरिएको विद्यालयका प्रिन्सिपल भिष्म प्रसाईले जानकारी दिए । द्यिालयले चार बर्षदेखि यसरी नै लगातार निर्वाचन मार्फत क्याप्टेन छनोट गर्दै आएको प्रिन्सिपल प्रसाईले बताए । 

 विद्यार्थीहरूमा प्रजातान्त्रिक व्यवस्थाअनुसार आफूले चाहेको लिडर कसरी छान्ने भन्ने कुराको नमुना प्रस्तुत गर्न यसरी निर्वाचन आयोगका सम्पूर्ण प्रक्रिया र परिधिमा रहेको निर्वाचन सम्पन्न गरिएको उनले बताए ।  

‘विद्यार्थीलाई सानैदेखि कस्तो व्यक्ति छान्ने भन्ने ज्ञान होस र कसरी अनुशासित र अब्बल नेतृत्व छान्न सकिन्छ भन्ने जानकारी प्रदान गर्न र  निर्वाचनले मद्दत गर्ने छ भन्ने शिक्षा प्रदान गर्न निर्वाचन गरिएको उनको भनाई छ ।