झापा, २ असार । झापाको मेचीनगरमा हात्ती लखेट्ने क्रममा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान मेचीनगर–१ दुर्जन चोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
८ सय मिटर टाढा रहेको आफ्नै बारीमा एक वटा जंगली हात्ति देखेर लखेटने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो ।
उनलाई उपचारका लागि बीण्डसी अस्पताल बिर्तामोडमा राखिएको छ । बाहिरी चोट नदेखिए पनि उनी बोल्न नसक्नेगरी गम्भीर घाइते भएका छन् ।