झापा
झापाको मेचीनगरबाट प्रहरीले तीन सय केजी माछा बरामद गरेको छ । आज बिहान मेचीनगर–५ नकलबन्दाबाट प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको माछा बरामद गरेको प्रहरीले जनाएको छ ।
करिब एक लाख मूल्य बराबरको उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।