झापा, बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि स्थानीय व्यवसायी उपेन्द्र वानियाले सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोषमा १५ हजार एक सय रुपैयाँ सहयोग गरेका हुन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष अघि व्यवसायीलाई आपत विपतमा सहयोग पु¥याउने भन्दै एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा वानिया अटो मोवाइल्सका सञ्चालक समेत रहेका उपेन्द्रले सहयोग पु¥याएका हुन् ।

कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले स्वागत गरेको कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।
यसैबीच कोषमा सहयोग पु¥याउने दाता वानियालाई संघले कदरपत्रद्वारा सम्मान गरेको छ ।