झापाको बिर्तामोड ३ स्थित प्रहरी चौकी बिर्ताबजारका प्रहरी साहयक निरिक्षक (असई) पदम बहादुर बिष्ट  जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै असई बिष्टलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बुले जानकारी दिए । 

उनले बिभिन्न समयमा बिर्तामोड क्षेत्रबाट चोरी भएका मोटर साइकल तथा अटो व्यवस्थापनमा संमलग्न बिर्तामोड ३ को सैनिक बजार बस्ने अन्दाजी २० को कुमार राजवंशी, वडा ७ को मियाबाडी बस्ने बर्ष २७ को जागिर आलम, बस्ने बर्ष २८ को राजवंशी, बर्ष २६ को प्रदिप राजवंशीलाई बिर्तामोड ६ स्थित स्यालडांगीबाट चोरी भएको मोटरसाइकल ४ थान १ थान अटो गरी ५ थान इप्रका बिर्तामोडमा बुझाएको भन्दै उनलाई २०८२ साल जेठ महिना उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।