झापा । 

झापाको काँकरभिट्टाबाट हतियारसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा आज (शुक्रवार) ७ः२० बजेको समयमा ती भारतीय नागरिक पक्राउ परेका हुन् । 

मेचीनगर–६ काँकरभिट्टा बसपार्कबाट भारत दुर्गानगर सिलिगुढी  का अन्दाजी ३५ बर्षिय जय प्रकाश कुमार पाठकलाई हतिवारसहित पक्राउ गरिएको छ । 

 उनको साथमा WB ७० G ३२३२ नम्बरको TUV ३०० मोडलको कार पनि फेला परेको र उक्त गाडीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

गाडी चेकजाँच गरि हेर्दा उक्त गाडीको चालक बस्ने सिटमुनी लुकाई राखेको अवस्थामाSTAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार एक थान फेला परेको थियो । 

उक्त हतियारमा भएको म्याग्जिन खोलेर हेर्दा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा १–१ थान दाव सहितको खुकुरी जम्मा २ थान फेला परेको प्रहरीले जनाएको छ । 

पाठकको शरीरबाट REDM कम्पनीको स्क्रिनटर्च मोवाईल १ थान, SAMSUNG कम्पनीको मोवाईल १ थान गरी जम्मा २ थान मोवाईल, उनको परिचय खुल्ने कागजात र गाडीको RC BOOK समेत फेला परेको प्रहरीले जनाएको छ । 

उक्त अवैध हतियारसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।