झापा । 

नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच वटा ट्याक्टरलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाई खोलाबाट आज शनिवार ११ः३० बजेको सयमयमा प्रहरीले पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । 

झापा बुद्धशान्ति– ४ स्थित टिमाई खोलाबाट  ट्याक्टरहरुले नदि जन्य पदार्थ ढुङ्गा अवैध रुपमा ओसार पोसार गर्दै गरेको अवस्थामा अस्थाई प्रहरी चौकी मंगलबारे  खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।  प्रहरीले मे. १ त. ५१३५, मे. १ त. ७३७२, मे. १ त. ७५४३, मे. १ त ५४४६ र मे. १ त .२४६१  प्लेट नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको थियो । 

ती पाँच वटै ट्याक्टरलाई अस्थाई प्रहरी चौकी मंगलबारे झापामा ल्याएर आवश्यक कारवाहीको लागि बुद्धशान्ति गाँउपालिकाको कार्यालय बुधबारे झापा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।