बिर्तामोडमा सक्रिय सामाजिक संस्था रोटर्याक्ट क्लब अफ बिर्तामोडले  २०२५/ २०२६  का लागि नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा सुशील थापा चयन भएका छन्।

क्लबले शनिबार बिर्तामोडमा सम्पन्न साधारणसभा तथा निर्वाचनमार्फत थापाको नेतृत्वमा नयाँ टिम चयन गरेको हो।

अध्यक्ष थापाले आगामी कार्यकालमा नेतृत्व विकास, सामाजिक सेवा र रचनात्मक कार्यक्रमहरूमा क्लबलाई सक्रिय बनाउने प्रतिबद्धता जनाए।

उनले भने, “समाजसेवा र सहकार्य हाम्रो मूल उद्देश्य हो। हामी नवप्रवर्तनात्मक सोचका साथ युवालाई नेतृत्वमा ल्याउने अभियान अघि बढाउनेछौं।”

नयाँ कार्यसमितिले बिर्तामोडको शैक्षिक, स्वास्थ्य र वातावरणीय क्षेत्रमा विशेष प्राथमिकताका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। क्लबले अघिल्लो कार्यकालमा रक्तदान, सरसफाइ, वृक्षारोपण, शिक्षा सामग्री वितरण, नेतृत्व विकास तालिम जस्ता प्रभावशाली कार्यक्रमहरू संचालन गर्दै आएको थियो।

कार्यक्रममा पूर्व अध्यक्ष, रोटरी क्लब प्रतिनिधि, स्थानीय सामाजिक अगुवा तथा बिर्तामोडका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नयाँ नेतृत्वसँगै बिर्तामोडमा रोटर्याक्ट गतिविधिमा थप ऊर्जा र गतिशीलता आउने अपेक्षा गरिएको छ।