झापा

भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर फर्किदै गरेका दुई युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका वडा नं।२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं। ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् ।

हिजो दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको

कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ५स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा। प्रदेश ०१–०३० च ७७९३ नं। को नेटा कम्पनीको ब्लु रंगको कारलाई रोकी चेकजाँच गरेको थियो ।

त्यसक्रममा चालक कुँवरले कालो प्लाष्टिकमा प्याक गरि आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागूऔषध ब्राउनसुगर फेला परेको थियो ।

त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित ५१ ग्राम ९९० मिलिग्राम र प्लाष्टिकं बाहेक ४७ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर रहेको प्रहरीले जनाएको छ ।

सो ब्राउनसुगरसहित कार चालक कुँवर र कारमा सवार रानामगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ