श्री कामाक्ष पीठ नवदुर्गा भवानी मन्दिर अर्जुनधारा ११ को सञ्चालक समितिको अध्यक्षमा माधव चमलगाई पुनः चयन भएका छन्।
बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा चम्लगाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् कामक्ष मन्दिरको हल अर्जुनधारा ११ स्थित बसपार्कमा भएको अधिवेशनबाट उपाध्यक्षमा नरेन्द्र न्यौपाने, सचिवमा शिवराज पौडेल ,कोषाध्यक्षमा रत्नकला सुवेदी सदस्यहरूमा बिना राई, रिता थाम्सुवाङ, चन्द्रकला थापा कार्की, कविता पौडेल ,जानुका चौधरी ,जानुका खवास ,मुना भट्टराई ,कमलप्रसाद खतिवडा र निलकण्ठ भट्टराई चयन भएका छन् ।

नेपालमा धेरै किसिमका मन्दिरहरू स्थापना भए भएपनि कामक्ष भगवतीको मन्दिर भने नभएको भन्दै पुष्पलाल निरौला गुरुसँगको सल्लाह बमोजिम तत्कालीन अवस्थामा मन्दिरको स्थापना गरिएको अध्यक्ष चम्लगाईको भनाइ छ।

_1736908732.jpg)
कामक्षा भगवतीको मन्दिर भारतको गुहाटीमा मात्र रहेको दर्शन गर्ने इच्छा र चाहना भएर पनि जान नसक्ने अशक्त वृद्धवृद्धा हरूका लागि बसपार्कमा समक्ष मन्दिरको शाखाको रूपमा स्थापना गरिएको गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए।

मन्दिरको २०७२ साल वैशाख ७ गते विधिवत रुपमा उद्घाटन गरिएको हो। अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा स्वागत सचिव हरि भण्डारीले गरेका थिए। सञ्चालन भने मन्दिर समितिका सल्लाहकार शिवराज पौडेलले गरेका थिए।
कार्यक्रममा अर्जुनधारा ११ का वडा सदस्य सुशीला गिरी समाजसेवी सुरेश गिरी बिर्तामोड ५ का पूर्व वडाध्यक्ष राजेन्द्र लिङ्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्याक्रममा अर्जुनधारा ११ का वडा सदस्य केशव अधिकारीको पनि आतिथ्यता रहेको थियो।
साथै अधिवेशनकै अवसर पारेर शंकर अस्पताल सनिश्चर्यको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो।
अस्पतालले ल्याब टेस्ट गर्नुपर्ने बिरामीहरूका लागि २५ प्रतिशत छुट गरेको र अन्य पनि विशेष छुटको व्यवस्था मिलाइएको अस्पतालका निर्देशक सुजन सिवाकटीले जानकारी दिए।