बिर्तामोड ।
झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र विर्ता मोडेल अंग्रेजी विद्यालयका एकेडेमिक इन्चार्ज प्रत्युग खनालले आफ्नो जन्म दिनको अवसरमा एक जना विद्यार्थीलाई साइकल प्रदान गरेका छन् ।

खनालले आज बिहिबार गोमेन्द्र विर्ता मोडेलमै कक्षा ५ मा अध्ययनरत विद्यार्थी अर्जुन कार्कीलाई उपहार स्वरुप साइकल दिएका हुन् ।
कार्की तारा नमस्ते बाल आश्रममा आश्रित छन् । कार्कीलाई कक्षा १ देखि गोमेन्द्र विर्ता मोडेलले निःशुल्क शिक्षा प्रदान गर्दै आएको विद्यालयका निर्देशक उत्तम खनालले बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालयले निशुल्क पढाइरहेको बताए ।

_1736908732.jpg)
विद्यालयबाट करीब २ किलोमिटरको दुरीमा रहेको तारा नमस्ते बालग्राममा आश्रीत अर्जुन पैदलै आउजाउ गर्छन । उनको कठिनाईलाई मध्यनजर गर्दै साइकल प्रदान गरिएको प्रत्युगले जानकारी दिए ।
जन्म दिनमा गरिने फजुल खर्चलाई कटौती गर्दै सामाजिक उत्तरदायित्व वहन गरेर साइकल प्रदान गरेको प्रत्युगले बताए ।

विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बोल्दै तारा नमस्ते बाल आश्रमका सञ्चालक यशोदा चापागाई, अभिभावक संघका पुष्प खड्का, बालबालिका शिक्षा तथा संचार मञ्चका अध्यक्ष सरोज पौडेल लगायतले शुभकामना दिएका थिए ।
त्यस्तै विद्यालयका शिक्षक रुवास श्रेष्ठको पनि जन्मदिनमा सञ्चालक र शिक्षकले शुभकामना दिएका थिए ।