बिर्तामोड

झापा प्रहरीले अर्जुनधारा नगरपालिकाको फरक फरक स्थानबाट करिब २ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । 

अर्जुनधारा ६ पुष्पलालचोक बस्ने ५९ वर्षीया अमृतमाया लिम्बू र इलाम १२ स्यानाङ्बा घर भई हाल अर्जुनधारा १ स्थित निर्माणाधीन झोलुङ्गे पुलमा काम गर्ने २० वर्षीय रोशन भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

लिम्बूको घरमा गाँजा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम र भट्टराईको साथबाट ६ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको प्ररहीले जनाएको छ ।