झापा–
जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीबीच सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा जिल्ला प्रशासन कार्यालय विजयी भएको छ। झापाको मेची रंगशालामा आज भएको खेलमा प्रशासनले मालपोतलाई ४ गोल लगाएको छ भने मालपोतले कुनै गोल गर्न सकेन।

जिल्ला प्रशासन कार्यालयका टिम मेनेजर एवम् कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष मोहनलाल पनेरुले आगामी दिनमा पनि यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गर्ने जानकारी दिए। यसले कर्मचारीहरूबीच आत्मीयता र सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस्ता मैत्रीपूर्ण फुटबल खेल समय(समयमा आयोजना भएमा कर्मचारीहरूबीच आत्मीयता र सद्भाव कायम हुने बताए।

_1736908732.jpg)
प्रशासनतर्फका १० नम्बर खेलाडी यदुनन्दन दाहालले यो खेल मैत्रीपूर्ण भएको र यसलाई कसैको हार जितको रूपमा नभई विशुद्ध मनोरञ्जनका रूपमा लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक राजन लिम्बु, शसस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, सहायक सिडियोद्वय तेजप्रकाश प्रसाई र डोरेन्द्र निरौला, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वडाध्यक्ष मनोज सुब्बा, टिकाराज ढकाललगायतको उपस्थिति थियो।
