झापा ।  

झापा बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा आगालगी भएको छ । आज शुक्रवार दिउंसो ४ बजेको समयमा बिर्तामोड–१ का बलभद्र प्रासाईले सञ्चालन गरेको खाजा घरमा आगलागी भएको हो । 

टिनको छानो र  बेरा भएको भुई तले छाप्रोमा सञ्चालन खाजा चिया नास्ता पसलमा आगलागी भएको छ । आगालागी भएको  खबर  प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट  प्रहरी टोली, स्थानिय र बिर्तामोड  नगरको दमकलको  सहयोगमा ४ः२० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । 

 उक्त आगोलागीबाट पसल भित्र रहेको खाजा नास्ता, भाडा वर्तन, फ्रिज जलेर नष्ट हुँदा अन्दाजी दुई लाख २५ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

 आगलागीको कारण पत्ता लगाएर आवश्यक कारवाहीको लागि प्रहरी अनुसन्धान  गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।