झापा : दक्षिणी झापा गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय कुमरखोदले लागूऔषध नियन्त्रणकालागि कडाई गर्न थालेको छ ।
लसुनगञ्ज नाकाबाट लागूऔषध भित्र्याउनथालेपछि प्रहरीले कडाई गरेको हो । इलाका प्रहरी कार्यालय कुमरखोदले स्वीप अपरेशन गरी एकैदिन १४ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक किरण मोक्तानको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा १४ जना लागूऔषध दुर्व्यसनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म झापा गाउँपालिकाको वडा नम्बर १,२ र ४ को सीमावर्ती क्षेत्रमा प्रहरी टोलीले स्वीप अपरेशन गरेको प्ररहीले जनाएको छ ।
नियन्त्रणमा लिएका उनीहरुलाई इप्रका कुमरखोदमा राखेर आज सम्झाइ बुझाइ आफन्त र अभिभावकको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

_1736908732.jpg)
गत जेठ २६ गतेदेखि किरण मोक्तानले इलाका प्रहरी कार्यालय कुमरखोदको कमाण्ड सम्हालिरहेका छन् ।
