रोयल पेन्ट्सले डिलर भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । झापाको बिर्तामोडमा आज शुक्रबार रोयल पेन्ट्सको आयोजना तथा मेची डिलर नेरोलेक टेर्डसको संयोजनमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
रोयल पेन्ट्सका प्रवन्ध निर्देशक प्रमेश भण्डारीको प्रमुख आतिथ्यता तथा मेची डिलर नेरोलेक टेर्डसका मिलन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मेचि अञ्चल मार्केटिङ यन्चार्ज विवेक बस्नेतले गरेका थिए । सहभागि डिलरका प्रतिनिधिहरुले राखेको जिज्ञासाको उत्तर तथा रोयल पेन्ट्सको उत्पादन र प्रोडक्टका बिषयमा नेपालको मार्केटिङ इन्चार्ज विकास भट्टराई र निर्देशक भण्डारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा बुधबारे स्थित सापकोटा स्टोरका गोपाल सापकोटा, पाठक कलर हाउस बिर्ताबजारका भक्ती पाठक, सोमनाथ टेर्डस चारआलीका हरी घिमिरे, मंगलदीप सप्लार्यस चारआलीका मोहन अधिकारी, श्री राम इन्टरप्राइजेज बनियानीका तिलक पौडेलले शुभकामना मनतब्यका साथमा कम्पनीको उत्पादनका बिषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन निता बजगाईले गरेकी थिइन । साथै कार्यक्रममा रोयल पेन्ट्सका निर्देशक प्रमेश भण्डारीको आज पर्न गएको जन्मदिन सामुहि मनाउनका साथै केक समेत काटिएको थियो ।

_1736908732.jpg)
रोयल पेन्ट्स नेपाली बजारमा सन् २०१० देखि बिक्री वितरण भइरहेको छ । ६ सय डिलर नेटवर्कमार्फत देशभरको बजारमा रोयल पेन्ट्स बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ ।
घर, भवन तथा अन्य संरचना रंगाउनका लागि रोयल पेन्ट्स लोकप्रिय ब्राण्डका रुपमा स्थापित छ ।
