मेचीनगर

चारआली  स्थित नेपाली सेनाको अरिदमन गणको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर मेचीनगर –२ बुद्धचोकस्थित मेची जनसाधारण माध्यमिक विद्यालयमा गरिएको छ । 

आज भएको शिविरबाट ४३७ महिला र २०२ जना पुरुष गरी ६३९ जनाले सेवा लिएका छन् ।  शिविरमा २७० जनाले आँखा, १७ जनाले छाती, ६१ जनाले गाइनो, १८९ जनाले अर्थो र १०२ जनाले नाक, कान र घाँटीको सेवा लिएको जनाइएको छ ।

नेपाली सेना तथा जिल्लास्थित विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सकलगायत दक्ष स्वास्थ्यकर्मीहरुबाट साधारण स्वास्थ्य परीक्षण, स्त्री तथा प्रसुती रोग, मानसिक रोग, नाक, कान, घाँटी, आँखा र अन्य रोगका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गरिएको बताए । सामान्य चेकजाँचकालागि पनि अस्पताल जान नसक्ने समुदायलाई लक्षित गरेर कार्यक्रम गरिएको उनको भनाई छ । 

गणपति बस्न्यातले विभिन्न जनमुखी सेवा अन्तरगत नै यहाँ पनि स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।सदरमुकाम तथा शहरी क्षेत्रबाट टाढा रहेका र सुबिधासम्पन्न अस्पताल एवं स्वास्थ्य सेवाको अभाव रहेको उक्त गाउँका स्थानीयहरुलाई विभिन्न रोगहरु सम्बन्धी निःशुल्क सेवा तथा मनसुनजन्य रोग, हाईजिन एण्ड सेनिटाइजेसनलगायत सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको उक्त शिविर लाभदायक र प्रभावकारी रहेको गणपति बस्न्यातले जानकारी दिए ।

गत वर्ष अरिदमन गणले मेचीनगरको वडा नम्बर ३ मा यस्तै शिविर आयोजना गरेको थियो । शिविरमा श्री नं २१ फि।ए। गुल्मको डा। अधिकृत, पारामेडिक्स , मेचीनगर नगरपालिका २ नं वडा कार्यालय, नेपाल औषधी व्यवसायी संघ झापा, पूर्वाञ्चल क्यान्सर अस्पताल, कन्काई अस्पताल प्रा।लि।, एरिष्टो फर्मास्युटिकल्स प्रा।लि।, सिदार्थ फर्मास्युटिकल्स प्रा।लि।, एनएमएसआरए झापा , सन फर्मास्युटिकल प्रा।लि।, संजिवनी मुटु अस्पताल, मेची आँखा अस्पताल, त्रिवेणी फर्मा प्रा।लिको समन्वय रहेको थियो ।