झापा । झापाको भद्रपुर र मेचीनगरबाट आज लागुऔषधसहित दुई जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
आज साँझ भद्रपुर नगरपालिका–५ मेची बिटस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–४ का २९ वर्षीय दिपक सम्बाहाम्फेलाई लागुऔषध ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीमाथि शंका लागेर चेकजाँच गर्दा ब्राउनसुगरजस्तो देखिने ३.०८ ग्राम पदार्थ प्लास्टिकको पोकामा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, आज लागुऔषध ब्युरो नियन्त्रण काँकरभिट्टा कार्यालयबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलमा सिटी रिक्सा ना १० ह ६५०० चालक ३१ वर्षीय युवराज दर्जीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

_1736908732.jpg)
रिक्साको अगाडिको सिसा फ्रेमको भित्री भागमा लुकाएर राखेको अवस्थामा खैरो हेरोइन जस्तो लाग्ने २.११ ग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।
