अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अपाङ्गता भएका परिवारको जीविकोपार्जनका लागि ओभरकल मेसिन सिलाई सम्बन्धी मेसिन प्रदान गरेको छ ।

नगरपालिका परिसरमा आज एक संक्षिप्त कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाकी टिका तामाङ मिश्रको परिवारलाई ओभरलक मेसिन प्रदान गरिएको हो ।

नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, उपप्रमुख खड्ग माया पराजुली, अर्जुनधारा ६ का वडाध्यक्ष हरिश बास्तोला लगायतले मेसिन हस्तान्तरण गरे । 

मेसिन हस्तान्तरण गर्नुहुँदै प्रमुख गोम्देनले प्राप्त मेसिनको अधिकतम उपयोग गर्न आग्रह गरे ।   सरकारले मेसिन दियो भनेर थन्क्याएर राख्ने काम नगरी प्रयोग गरेर परिवारको जीविकोपार्जनमा योगदान पुर्‍याउन उनले जोड दिए। 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका तथा करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिका परिवारको जीविकोपार्जनमा सुधार कार्यक्रम अन्तर्गत

सीपमूलक र व्यवसायिक तालिम शीर्षकबाट ५०५ लागत साझेदारीमा मेसिन प्रदान गरिएको अर्जुनधारा नगरपालिकाका प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिए ।  

ओभरकल मेसिनको मूल्य ७५ हजार रुपैयाँ रहेको छ । जसको ५० प्रतिशत लागत सहभागिता लाभग्राहीको रहेको छ ।