बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका(६ स्थित ब्रिलियन्ट प्यूपल्स सेकेण्डरी स्कुल वीपीएसएसले कक्षा(११ को अध्यापन सुरु गरेको छ।
स्कुलले आज विद्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी यही शैक्षिक सत्र (२०८२ देखि व्यवस्थापन संकायमा कक्षा(११ को अध्यापन सुरु गरेको जनाएको हो ।

सीपमूलक शिक्षा रोजगारीको आधारु भन्ने नारालाई आत्मसात गर्दै स्कुलले अहिलेका जल्दाबल्दा विषयहरु होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, ट्राभल एन्ड टुरिजम जस्ता विषयहरु समेटेर व्यवस्थापन संकायमा अध्यापन सुरु गर्न लागेको विद्यालयका संस्थापक प्रिन्सिपल ताराप्रसाद नेपालले जानकारी दिनुभयो ।
अर्जुनधारा(६ वडा कार्यालय छेउ छाता चोकमा रहेको स्कुलले विगत १०(११ वर्षदेखि एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको उहाँले बताउनुभयो । अभिभावक र विद्यार्थीको माग अनुसार विद्यालयमा कक्षा थप गरी कक्षा(११ र १२ को पठनपाठन सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

_1736908732.jpg)
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी र अभिभावकले भर्नाका लागि सम्पर्क गरिरहेको उहाँले बताउनुभयो ।
विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै स्कुलले शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याएको संस्थापक प्रिन्सिपल नेपालको भनाइ छ ।

स्कुलबाट ४० जना विधार्थी एसईईमा सहभागी भएकोमा ८५५ विधार्थी उत्तीर्ण भएको नेपालले बताउनुभयो । स्कुलमा ३२ जना क्षमताको एड्भान्स कम्प्युटर रहेको छ भने होटल म्यानेजमेन्टका लागि स्तरीय ल्याब रहेको स्कुलले जनाएको छ ।
स्कुलमा अध्ययनका लागि भर्ना हुने विद्यार्थीलाई पुस्तक विद्यालय पोशाक विशेष छुट र एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई २०५ सम्म छुट प्रदान गरिने जनाइएको छ ।
विद्यार्थीको उज्ज्वल भविष्य निर्मांणको लागि हामी तत्पर छौुं, उहाँले भन्नुभयो, ुगुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि विद्यालयमा सम्पर्क गर्नु हामी सबै विद्यार्थी र अभिभावकलाई आग्रह गर्छौं।ु
कक्षा ११ मा गुणसतरीय शिक्षा दिन अनुभवी शिक्षक, स्वच्छ शैक्षिक वातावरण, आधुनिक शिक्षण विधिको
प्रयोग गरी शिक्षण गरिने स्कुलले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।
स्कुलले नृत्य, गायन तथा बाद्यवादन, नाटक, चित्रकला तथा हस्तलेखन, कराँते, उस, आचरण लक्षित विशेष कक्षा सञ्चालन गरिरहेको छ। पत्रकार सम्मेलनको सहजीकरण स्कुलका भाइस प्रिन्सिपल रमेश कुमार नेपालले गर्नुभएको थियो।