बिर्तामोड-झापाको बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्गलिश स्कूलले शैक्षिक उत्कृष्टता र रूपान्तरणकारी शिक्षामा पुऱ्याएको योगदानको कदरस्वरूप दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ । थाइल्याण्डको बैंककमा आयोजित ‘वर्ल्ड स्कूल समिट २०२५’ मा विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो ।
समिटमा तक्षशिलाले ‘समग्र शिक्षामा उत्कृष्ट विद्यालय’ (Excellence in Holistic Education School) र ‘मण्टेसोरी शिक्षामा उत्कृष्टता प्राप्त विद्यालय’ (Excellence in Montessori Education School) गरी दुई विधामा पुरस्कार हात पारेको छ ।

यी दुई अन्तर्राष्ट्रिय पुरस्कारले विद्यालयको नवीन दृष्टिकोण, नेतृत्व र बालमैत्री शिक्षाप्रतिको समर्पणलाई विश्वव्यापी मञ्चमा उजागर गरेको विद्यालयकी कार्यकारी निर्देशक डाक्टर अञ्जलि कार्कीले बताउनु भयो ।
विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. भिक्टर आइ. जोसेफ र मण्टेसोरी निर्देशक श्रीमती सीमा जोसेफले पुरस्कार ग्रहण गर्नु भएको थियो ।

_1736908732.jpg)
यी पुरस्कार विद्यालयका प्रबन्ध निर्देशक प्रा. डा. निराजन प्रसाईं र कार्यकारी निर्देशक डा. कार्कीकाे प्रेरणादायी नेतृत्वमा पछिल्लो दुई वर्षमा विद्यालयको शैक्षिक वातावरणमा आएको उल्लेखनीय र प्रगतिशील परिवर्तनको परिणाम भएको जनाइएको छ ।
शैक्षिक निर्देशक डा. भिक्टर जोसेफको २३ वर्षभन्दा लामो शैक्षिक नेतृत्व र अन्तर्राष्ट्रिय अनुभवले विद्यालयको शैक्षिक रणनीतिलाई आधुनिक र अन्वेषणमा आधारित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

मण्टेसोरी निर्देशक श्रीमती सीमा जोसेफको नेतृत्वमा बालबालिकालाई आत्मविश्वासी र स्वतन्त्र बनाउन स्नेहपूर्ण र विकास-अनुकूल मण्टेसोरी वातावरण निर्माण गरिएको छ ।
यसअघि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले तक्षशिलाको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप भएको प्रमाणीकरण गरेको थियो ।
नेपालमा राजधानी काठमाडौँबाहिर पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर अनुसार तक्षशिला सञ्चालन भइरहेको विश्वविद्यालयले प्रमाणीकरण गरेपछि अहिले विद्यार्थीको आकर्षण बढेको छ ।
राजधानीबाहिर पहिलोपटक दुई वर्षअघि क्याम्ब्रिजले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर कायम गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न तक्षशिलालाई अनुमति दिएको थियो ।