बिर्तामोड

झापाको बिर्तामोड नगरपालिका  ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरेको छ । 


लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्क स्कुलले मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको हो । 

  अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण कार्यक्रम गरिएको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए।


स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्म सबै बालबालिकाको दन्त परीक्षण गरिएको उनले जानकारी दिए। लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा। आस्मा भट्टराईले नेतृत्वको टोलीले बालबालिकाको दाँत परीक्षण गरेको थियो ।


डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको अभिभावकलाई जानकारी गराएकी थिइन । 

 बालबालिकामा देखिएको दाँतको समस्यालाई बेलैमा पहिचान गरेर उपचार गर्नुपर्नेमा उनले जोड दिइन् । 


निःशुल्क दन्त शिविरमा डेन्टल असिस्टेन्ट बिनीता तामाङ र लोक स्वास्थ्य डेन्टलका व्यवस्थापकले पंकज प्रसाईंले सहजीकरण गरेका थिए ।  स्कुलमा अध्ययनरत बालबालिकाका अभिभावकसमेत दन्त परीक्षणमा सहभागी रहेका थिए ।

बालमैत्री वातावरणमा लिङ्कनले बालबालिकाहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूको समेत शिक्षा प्रदान गरिरहेको छ।