पूर्वी सिमा काँकरभिट्टाबाट हतियार सहित एक व्यक्ति पक्राउ परेका छन्।
आज बिहान ८ .५० बजेको समयमा मेचीनगर ६ स्थित भन्सार कार्यालयको अगाडिबाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिटा र इलाका प्रहरी कार्यालय काँकरभिटाबाट खटिएको प्रहरीहरूको संयुक्त टोलीले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

_1751853734.jpg)
शङ्का लागि चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आइरहेका पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलगुडी बस्ने २५ वर्षको प्रतीक अग्रवाललाई प्रहरीले हतियार सहित पक्राउ गरेको हो।
पक्राउ परेका अग्रवालको साथबाट wb 74 aj ०4०० नम्बरको होन्डा कम्पनीको कलेजी रङको स्कुटर सहित एयर पेस्तोल एक थान र सो पेस्तोलमा लाग्ने १८ थान मेटल बुलेट बरामद गरिएको छ।

_1736908732.jpg)
जिल्ला प्रहरी कार्यालय झापाले अग्रवालको साथबाट चार थान मोबाइल पासपोर्ट सहित अन्य कागजात समेत बरामद गरेको जनाएको छ। निजलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान घटनाका विषयमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।