काठमाण्डौ – डेढ अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ रहेका छन् । पक्राउ पर्नेहरूमा भारतको बिहार घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ४३ वर्षीय रूपेश कुमार गुप्ता र २२ वर्षीय बिपिन कुमार रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले जनाएको छ ।

रूपेशले सानेपाको कालोपुलमा राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुन्डी तथा अभौतिक मुद्रा अर्थात् क्रिप्टोकरेन्सी कारोबार गर्दै आएका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

प्रहरीले उनीहरूको साथबाट आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, मोबाइल पाँच थान, सीसीटीभी डीभीआर एक थान र संरक्षित वन्यजन्तु कस्तुरीको अखेटोपहार पनि बरामद गरेको छ ।