काठमाण्डौ – स्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ महानगरपालिका–६ बौद्ध नयाँबस्तीको एक घरमा भाडामा बसेका वाङको कोठाबाट स्रोत नखुलेको रकम बरामद भएको परिसरका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले बताउनुभयो । परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ujyaloonline.com