काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगतनिरीक्षण गरेका छन् ।  सोमबार राति आएको बाढीको मंगलबार प्रधानमन्त्री ओली सहितको सरकारी टोलीले स्थलगत निरीक्षण गरेको हो । 

1-whatsapp-image-2025-07-08-at-19.06.00_iEXwxES5PM

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल पनि गरेका थिए । 

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरूको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । ratopati.com