प्रहरीले भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ का मनिसुर आलम र कचनकवल गाउँपालिका –५ बस्ने बर्ष ५५ का नशरुद्धिन मियालाई लागू औषधसहित पक्राउ गरेको हो। 
        
                        
            
        
    
गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले आलमको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम र मियाको
        
    
कुल जम्मा प्लाष्टिकबाहेक २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पछिल्लो समय झापा जिल्ला लागू औषध कारोबारी तथा प्रयोगकर्ताहरूको लागि ट्रान्जिट पोइन्ट बनिरहेको छ ।
प्रहरीले विशेष अप्रेसनहरु सञ्चालन गरिरहेको भए पनि कारोबारी तथा प्रयोगकर्ताहरूको सङ्ख्या घटेको छैन ।
        
                    
        
        
                            
                                                            
        


        
        





































