झापा – बिर्तामोड नगरपालिकामा ३ र ९ मा पर्ने शहीद चन्द्र मार्गको कालोपत्रे कार्य सुरु भएकोछ। सडक डिभिजन कार्यालय दमक कार्यलय मार्फत ठेक्का प्रकृया पुरा गरी निर्माण सुरु भएको छ l यो योजनाको कुल लागत रु. ५ करोड ५९ लाख ४६ हजार २०८.३९ रहेको छ, जसमा मूल्य अभिवृद्धि कर (VAT) तथा मूल्य  (PS) समेत  गरेर हो l 

 यस कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा, वडा नं. ३'का अध्यक्ष मदन बुधाथोकी, वडा सदस्य हरी बास्कोटा, तथा समाजसेवीहरू अम्बिर लिङ्देन, राजेन्द्र लिङ्देन, सुभास भट्टराई, कोसिस घिमिरे , 

दिनेश अधिकारी  प्रेम भण्डारी लगायतको उपस्थिति रहेको थियो नगर प्रमुखले भन्नु भयो "शहीद चन्द्र मार्ग यस क्षेत्रको महत्वपूर्ण मार्ग हो। लामो समयदेखिको जनचासो र आवश्यकतालाई सम्बोधन गर्दै आजबाट निर्माण कार्य सुरु गरिएको हो। नागरिकहरूले केही समय धैर्य गर्नुपर्ला तर परिणाम दीर्घकालीन हुने विश्वास लिएको छ " l 

WhatsApp Image 2025-07-12 at 19.22.47

 वडा अध्यक्षले भन्नु भयो  “वडावासीहरूले वर्षौँदेखि राम्रो बाटोको माग गर्दै आएका थिए। अब यो माग पूरा हुँदैछ। निर्माण गुणस्तरीय हुनेछ भन्ने कुरामा हामी प्रतिबद्ध छौं।” 

यो  योजना  सडक कालोपत्रे तथा नाला को संरचना  सुधार गर्ने जिम्मा । सिद्धिथुम्का–एभरग्रीन जेभी, बिर्तामोड–४, झापा निर्माण कम्पनीले जिम्मेवारी पाएको यस योजनाको सम्झौता २०८२ साल बैसाख ११ गते भएको थियो । हाल निर्माण कार्य तीव्र गतिमा अन्तीम चरणमा पुगेको छ l.