झापाको अर्जुनधारा नगरपालिकाले आज १२ जना अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले आज एक कार्यक्रमका बीच उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा सहजता ल्याउने उद्देश्यले सहायक सामग्री वितरण गरिएको नगर प्रमुख बलदेव सिंह गोम्देनले बताए ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, अर्जुनधारा नगरपालिका तथा करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत उनीहरूलाई सहायक सामग्री वितरण गरिएको छ।

_1751853734.jpg)
सहायक सामग्री वितरण गर्नुहुँदै नगर प्रमुख गोमदेनले प्राप्त सामग्रीको अधिकतम उपयोग गर्न आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुलीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्नेदेखि दैनिकी सहज बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा केन्ड्रीक दाहाल, मञ्जुल भुजेल, जोयल ढकाल, नरबहादुर श्रेष्ठ, सबिना डाँगी, उषा सेडाई, सोनी लुंगेली मगर, विष्णु राजवंशी, तुलसादेवी अधिकारी, तुलसा ढकाल, मिलन बराल र रिहा कार्कीलाई माग र आवश्यकताका आधारमा विभिन्न सहायक सामग्री प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सूर्यकला पन्धाकले जानकारी दिइन ।

_1736908732.jpg)
यसअघि सोही कार्यक्रम अन्तर्गत नगरपालिकाले अपाङ्गता भएका परिवारको जीविकोपार्जनका लागि ओभरलक मेसिन प्रदान गरिसकेको नगरपालिकाका प्रेस संयोजक नन्दलाल खतिवडाले बताए ।
