जिल्ला प्रशासन कार्यालय, झापाको आयोजनामा सरोकारवालालाई एकै ठाउंमा राखेर सार्वजनिक सुनवाई गरिएको छ ।
आज मङ्लबार भद्रपुर स्थित जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला प्रशासन सहित जिल्लाका बिभिन्न जनतासंग प्रत्यक्ष जोडिएका सरकारी कार्यालयहरुले गरिरहेको काम र कार्य सम्पादनका वारेमा सार्वजनिक सुनवाई गरिएको हो ।

_1751853734.jpg)
प्रहरी प्रशासन र सरकारी कार्यालयहरुवाट हुंदै आएका कमी कमजोरी र कामका विषयमा सेवाग्राहीले राखेको असन्तुष्टी, गुनासो, ढिलासुस्ती, अनियमितताका बिषयमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी सहित बिभिन्न कार्यलयका प्रमुखहरुले जवाफ दिएका थिए ।
सरकारी गतिविधिलाई नागरिकमैत्री, पारदर्शी, सूचनामैत्री, सुशासनमैत्री बनाउन र नागरिकको सुझाव ग्रहण गर्न जिल्लाका सबै सार्वजनिक निकायलाई बोलाएर सार्वजनिक सुनुवाई गरिएको प्रजिअ गोपाल प्रसाद अधिकारीले बताए । उनले कार्यालयले गरेका राम्रा कामहरुको सार्वजनिकिकरणसँगै जनस्तरबाट सुझाव ग्रहण गर्न सार्वजनिक सुनुवाई गरिएको स्पष्ट पारे ।

_1736908732.jpg)
सार्वजनिक सुनुवाइमा जिल्लाका १६ वटा कार्यालयका प्रमुखहरुले सहभागीले राखेका गुनासो र जिज्ञासाको जवाफ दिएका थिए ।
सहभागीले मालपोत, नापी, सडक डिभिजन, प्रहरी, विद्युत प्राधिकरण, कृषि ज्ञान केन्द्रका प्रमुखहरुलाई प्रश्न सोधेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल वार एशोसिएन झापाका अध्यक्ष वशन्त नेपाल बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले समिक्षागत टिप्पणी गरेका थिए ।
भद्रपुर नगरका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिध, वाणिज्य संघका प्रतिनिधि, बिभिन्न सरकारी कार्यलयका कर्मचारी तथा प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिकर्मी, संघ संस्थाका प्रतिनिधिहरुको सहित सरोकारवालाको बाक्लो उपस्थिती रहेको थियो ।