अर्जुनधारा : भूमि समस्या समाधान आयोग झापाले अर्जुनधारा नगरका अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । आज बुधबार एक कार्यक्रमकाबिच नगरको सभाहलमा एक कार्यक्रमकाबिच  जग्गाधनी पूर्जा वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, संघीय सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी,  नगर प्रमुख बलदेवसिंह गोम्देन, उप प्रमुख खड्गमाया पराजुलीले अर्जुनधारा–११का ९६ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरेका हुन् । 

WhatsApp Image 2025-07-16 at 06.01.01

कार्यक्रममा मन्त्री अधिकारी, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्घव थापा, आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, केन्द्रीय सदस्य एवम् कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईं, झापाका अध्यक्ष मदन अधिकारी र विज्ञ सदस्य लक्ष्मी आचार्यले मन्तव्य राखेका थिए ।