झापाको बिर्तामोड ४ स्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले डिएचएम र बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई ओरेनटेसन र क्युलिनरी सेसन सुरु गरेको छ ।
स्कुलले भारतको पाँचतारे मेरियट होटलको एक्जिक्युटीभ सेफ आसुतोष कुमारलाई ल्याएर विद्यार्थीलाई ओरेनटेसन र क्युलिनरी सेसन आजबाट सुरु गरेको हो ।

_1751853734.jpg)
उनले विद्यार्थीलाई खानेकुरा पकाउने तरिका, तापक्रम, काट्ने तरिका सहित किचनको सम्पूर्ण बेसिक कुरा सिकाउने स्कुलका संस्थापक निर्देशक उत्तम खनालले जानकारी दिए । उनले हाइजनिक खानेकुरा, किचन सुरक्षा
विद्यार्थीका लागि पढाइ र प्रयोगात्मक अध्ययनलाई साथसाथै लगिएको बताउँदै सिर्जनात्मक काम, तालिम वा प्रतियोगिताहरुमा समेत नियमित सहभागिता गराउने गरेको निर्देशक खनालले जानकारी दिए । विद्यार्थीलाई भोली पनि अभिमुखिकरण दिइने डिएचएम र बिएचएमका कोडिनेटर विजय क्षेत्रीले जानकारी दिए ।

_1736908732.jpg)

उनले ६ महिना थेउरी कक्षा र ६ महिना प्रयोगात्मक पढाई हुने बताए । त्यसकालागि भारतको पाँचतारे मेरियट होटल लगिने उनको भनाई छ । त्यस पश्चात विद्यार्थीलाई जागिर प्रदान गरिने उनले बताए । जसकालागि स्कुलले मेरियटसंग सम्झौता गरेको छ । अहिले ३७ जना विद्यार्थीहरू, होटल व्यवस्थापनको व्यवहारिक ज्ञान लिइरहेका छन् ।
कफी बनाउने सीप ,आतिथ्य सत्कार र किचन सम्बन्धी आधारभूत ज्ञान लिन पाउंदा विद्यार्थी पनि खुसी छन् ।