झापा । 

झापाबाट पाँचसय ३४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । आर्थिक बर्ष २०८१÷०८२ मा जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको क्रममा ५३४ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापा र मातहत प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न मुद्दा शिर्षकमा फरार रहेका ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसंख्यक गरी जम्मा ५३४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ गरिएका फरार प्रतिवादीलाई झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ । 

यसैगरी जरिवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरुलाई जरिवाना दाखिला गराई लगत कट्टा गरी छुट्टि गएको र सो बाट कैद २४८ वर्ष १० महिना  १४ दिन र  ७ करोड २७ लाख २४ हजार ८२१ रुपैयाँ ६६ पैसा जरिवाना असुल उपर भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जसमा सर्बेच्च अदालतको मिति २०८०/०७/१९ गतेको फैसला अनुसार जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा १० बर्ष कैद सजाय फैसला भई फरार रहेका फरार रहेका प्रतिवादी भद्रपुर–८  का ४८ बर्षीय खेमराज पोखरेल, उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२/०३/१६ गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० बर्ष कैद फैसला भई फरार रहेका फरार प्रतिवादी मेचीनगर–७  का ३२ बर्षीय

प्रदिप राई र उच्च अदालत पाटनको मिति २०८०/११/२९ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ बर्ष २ महिना १५ दिन कैद २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका फरार प्रतिवादी बिर्तामोड–८ का ३० बर्षीय अमिर लगुन बिश्वकर्मा लगायतका फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।