झापाको बिर्तामोड ४ स्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले सिद्धार्थ शिशु सदन स्कुल भद्रपुरका विद्यार्थीलाई स्वागत सम्मान गर्दै डिएचएम र बिएचएमका विषयमा जानकारी गराएको छ।
स्कुलले आज एक कार्यक्रमको आयोजना गरी कक्षा १२ मा होटल म्यानेजमेन्टअध्ययन गरिरहेका सिद्धार्थका ५० बढी विद्यार्थीहरूलाई

_1751853734.jpg)
डिएचएम र बिएचएम किन पढ्ने र यसका फाइदाहरु के छन् भन्ने विषयमा जानकारी प्रदान गरेको हो।
भारतको पाँचतारे मेरियट होटलको एक्जिक्युटीभ सेफ आसुतोष कुमारले विद्यार्थीहरूलाई सम्बन्धित विषयको बारेमा जानकारी प्रदान गरेका थिए।

_1736908732.jpg)

१५ वर्षभन्दा बढी अनुभव बटुलेका आशुतोषले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका विषयमा जानकारी दिएका हुन्।
डीएचएम गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरेर यो कार्यक्रम गरिएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए ।
उनले भारतको मेरियट होटलसँग स्कुलले सम्झौता गरेको र विद्यार्थीहरुलाई ६ महिना यहाँ सैद्धान्तिक कक्षा पश्चात प्रयोगात्मक परीक्षाका लागि सम्झौता भएको मेरियट होटलमा लगेर काममा लगाइने बताए ।
होटलमा काम गरेबापत खान बस्न दिएर केही निश्चित रकम समेत विद्यार्थीहरुलाई होटलले प्रदान गर्ने भएका कारणले गर्दा विद्यार्थीहरुलाई सहज हुने उनको भनाइ छ ।
विद्यार्थीहरूले आफ्नो क्षमता प्रस्फुटन गर्न सके उनीहरुलाई रोजगारीको समेत ग्यारेन्टी हुने खनालको भनाइ छ।
डिप्लोमा पाँचवटा विषयहरू पढ्नुपर्ने बताउँदै निर्देशक खनालले पढिसकेपछि उनीहरुलाई इन्टन गर्नका लागि भारतको विभिन्न सहरमा लगिने उनले बताए।
चाँडै नै १३ जना विद्यार्थीलाई भारतको दिल्ली लगिने र उनीहरूले त्यहां इन्टन गर्ने र त्यो बापत उनीहरुले खान बस्न सहित केही निश्चित पारिश्रमिक समेत पाउने खनालले बताए ।
बाहिर अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि स्कुलले सहजीकरण गर्ने निर्देशक खनालको भनाइ छ। गोमेन्द्रमा एक वर्ष अध्ययन गरे पश्चात ब्याचलरका लागि तीन वर्ष बाहिर पढ्नुपर्ने हुन्छ।
त्यसका लागि स्कुलले क्रेडिट ट्रान्सफर दिने र यहाँ एक वर्ष पढेको सहित बाहिर तीन वर्ष पढे पुग्ने उनको भनाइ छ ।
हिजो पनि गोमेन्द्रले डीएचएम र बिएचएममा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बेसिक किचनका ज्ञानसहित आवश्यक पर्ने किचन सुरक्षा कटिङ पकाउने तरिका आगोको तापक्रम लगायतका विषयमाआशुतोषले ज्ञान दिएका थिए।