काठमाण्डौ – बङ्गलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि हराएको छ ।
ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले २र२ तथा पूर्णिमा राई, सरिताकुमारी नाथ र बिर्सना चौधरीले १र१ गोल गरे ।

_1751853734.jpg)
प्रतियोगिताको यसअघिको भेटमा पनि नेपालले श्रीलङ्कालाई ७–० ले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो ।
यो जीतसँगै नेपाल ४ खेलमा ९ अङ्कसहित गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश ३ वटै खेल जित्दै ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।

_1736908732.jpg)
प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले बेलुकी पौने ७ बजे भूटान र बङ्गलादेश खेल्दैछन् । सहभागी ४ वटा टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।