झापा 

बिर्तामोडमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । आज दिउँसो २ः२० बजे बिर्तामोड  पश्चिम स्टेण्डमा बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अर्जुनधारा ४ भाङबारी बस्ने ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रको फिल्डतर्फ काम गर्दै आइरहेका उनको  ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उनको बीएण्डसी अस्पतालमा उपचारको  क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी टोली खटिएर थप अनुसन्धान तथा कानुनी प्रकृयाअन्तर्गत मुचुल्का तयार गर्ने कार्य भइरहेको डीएसपी खगेन्द्र खड्काले बताए ।