जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ५५ हजार ८ सय ७५ सवारी साधनलाई कारवाही गरेको छ । प्रहरीले आर्थिक बर्ष २०८१÷८२ मा सो सङ्ख्यामा ट्राफिक नियम उलंघन गर्ने सवारीलाई कारवाही गरेको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने 

मध्ये मोटरसाइकल चालक अग्र पंक्तिमा छन । 

सो बापत ट्राफिक प्रहरीले ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैंया राजश्व समेत संकलन गरेको छ । दुर्घटना न्यूनिकरणकालागि झापा ट्राफिकले ५ हजार २०४ वटा सचेतना कक्षा सञ्चालन गरेको कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिए ।

जसबाट २ लाख १७० जना चालक सहित सरोकारवाला लाभान्वित भएको उनले बताए । त्यस्तै १ हजार २९६ वटा सवारी दुर्घटना हुंदा ९५ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै दुर्घटनामा सो अवधिमा २ हजार ७३ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।