बिर्तामोड ।
काँकरभिट्टास्थित मेची भन्सार कार्यालय लक्ष्य अनुरुप राजश्व संकलन गर्न असफल भएको छ । गत आर्थिक बर्ष २०८१ ÷ ८२ मा कार्यालयले लक्ष्य अनुरुपको राजश्व संकलन गर्न असफल भएको हो ।

_1751853734.jpg)
कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सकलन गर्ने लक्ष्य पाएको थियो । तर कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैँया मात्र राजश्व संकलन गरेको कार्यालयका सुचना अधिकारी तथा भन्सार अधिकृत इश्वरकुमार हुमागाईँले जानकारी दिए ।

_1736908732.jpg)
